काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन्।
आफूविरुद्ध लागेका विभिन्न मुद्दा तथा अदालती प्रक्रियाका सिलसिलामा नियमित कानुनी प्रक्रिया पूरा गर्न उनी बुधबार अदालत उपस्थित भएका हुन्।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण लगायतका विभिन्न अनुसन्धानका दायरामा रहेका लामिछानेले आफू कानुनको सर्वोच्चता र न्यायलयप्रति पूर्ण रूपमा प्रतिविद्ध रहेको सन्देश दिन अदालत आफैं उपस्थित भएको रास्वपाका नेताहरूले बताएका छन्।






