मोटरसाइकल क्षतिग्रस्त भेटिएपछि बेपत्ता भनिएका साजन दास विराटनगरमा सकुशल

२०८३ श्रावण १३, बुधबार १६:१४

जनकपुर, १३ साउन — धनुषाको हन्सपुर नगरपालिका–३ नरैयामा मोटरसाइकल क्षतिग्रस्त अवस्थामा फेला परेपछि बेपत्ता भनिएका २५ वर्षीय साजन दास सकुशल रहेको खुलेको छ।

साजनले साउन ७ गते विराटनगरबाट परिवारलाई फोन गरी आफू सुरक्षित रहेको जानकारी दिएका हुन्। उनका अनुसार साउन ६ गते राति करिब ११ बजे मोटरसाइकल लिएर घरबाट निस्किएपछि उनी विराटनगर पुगेका थिए।

साजन हाल विराटनगरस्थित एक कलेजमा कानून (एलएलबी) अध्ययनरत विद्यार्थी हुन्। यसअघि नरैयास्थित पोखरी नजिक प्रदेश २–०२–००१ प २२३४ नम्बरको मोटरसाइकल क्षतिग्रस्त अवस्थामा फेला परेपछि उनी बेपत्ता भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको थियो भने परिवार पनि चिन्तित बनेको थियो। तर साजन आफैंले परिवारसँग सम्पर्क गरी आफू सकुशल रहेको जानकारी दिएपछि बेपत्ताको आशंका हटेको छ।

साजनले मोटरसाइकल आफैंबाट दुर्घटना भएको जानकारी समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?