कांग्रेस केन्द्रीय समिति बैठक : गगन थापाद्वारा पूर्व सभापति देउवालाई स्वागत

२०८३ श्रावण २८, बिहीबार १६:२७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समिति बैठकमा पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन्।

बैठकको सुरुवातमै सभापति थापाले स्वास्थ्य उपचार गराएर स्वदेश फर्किका पूर्व सभापति देउवालाई स्वागत गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

साढे पाँच महिनाको विदेश बसाइपछि बिहीबार नेपाल फर्किएका देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेता तथा कार्यकर्ता पुगेका थिए। उनी निर्वाचनअघि उपचारका लागि सिंगापुर गएका थिए।

देउवा स्वदेश फर्किएको भोलिपल्टै संस्थापनइतर पक्षले तीनदिने राष्ट्रिय भेला बोलाएको छ भने यता संस्थापन पक्षको केन्द्रीय समिति बैठक जारी छ।

यसैबीच, पूर्व सभापति देउवा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको पूर्वआदेशमा पुनरावलोकन माग गर्दै दिएको निवेदनमा अदालतले निस्सा प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?