ADVERTISEMENT

खसी प्रकरणबाट भाइरल युवक अब म्युजिक भिडियोमा मोडल

२०८३ कार्तिक २३, सोमबार १५:४५

जनकपुरधाम: दशैंमा खसीलाई गाडीको छतमा राखेको विषयलाई लिएर आशिका तामाङसँग विवादमा परेका युवक अहिले म्युजिक भिडियोमा मोडलका रूपमा देखिएका छन्। उनले टिकटकमार्फत म्युजिक भिडियो सुटिङका दृश्यसमेत सार्वजनिक गरेका छन्।

 

नेपालमा भाइरल भएपछि चर्चामा आएका व्यक्तिलाई कलाकार बनाउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। अभिनय क्षमता र कलाभन्दा पनि भाइरल लोकप्रियतालाई प्राथमिकता दिइएको भन्दै म्युजिक भिडियो निर्माताहरूको आलोचना पनि भइरहेको छ।

 

यद्यपि, आशिका तामाङको आलोचनापछि माफी मागेका ती युवकलाई उनको सरल स्वभावका कारण धेरैले प्रशंसा गरेका

थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?