ADVERTISEMENT

न्युजरूममा प्रहरी हस्तक्षेप निरंकुशताको संकेत : जनमत पार्टी उपाध्यक्ष डा. जयकान्त राउत

२०८३ कार्तिक १४, शुक्रबार २२:४६

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष डा. जयकान्त राउतले सञ्चारमाध्यमको न्युजरूमभित्र प्रहरी प्रवेश गरी पत्रकारलाई आतंकित पार्ने कार्य राज्य कठोर निरंकुशतातिर अग्रसर भइरहेको गम्भीर संकेत भएको बताएका छन्।

उपाध्यक्ष डा. राउतले समाजिक संजालमा पोष्ट गर्दै लेखेका छन् उनले न्युजरूमभित्रै प्रहरी प्रवेश गरी सञ्चारकर्मीमाथि त्रास सिर्जना गर्नु र राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य–मान्यता तथा कानुनी राज्यको सिद्धान्तविपरीत भएको उल्लेख गरेका छन्।

सञ्चारमाध्यम लोकतन्त्रको चौथो स्तम्भ हो। न्युजरूमभित्रै सुरक्षाकर्मी प्रवेश गराएर भय र त्रासको वातावरण बनाउनु प्रेस स्वतन्त्रता, नागरिक अधिकार र मौलिक अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो।” — डा. जयकान्त राउत

राज्यका सुरक्षा निकायहरू कानुनको पालना गराउन र नागरिकको सुरक्षा गर्न जिम्मेवार हुनुपर्नेमा, आफैँ कानुन र लोकतान्त्रिक मर्यादाको धज्जी उडाउनु पूर्ण रूपमा अस्वीकार्य रहेको उनको भनाइ छ।

पत्रकारिता क्षेत्रलाई बिनाकुनै डर, स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा काम गर्ने वातावरण मिलाउन सरकारसँग जोडदार माग गर्दै डा. राउतले घटनाको तत्काल निष्पक्ष छानबिन गर्न, दोषीमाथि कानुनी कारबाही चलाउन र भविष्यमा यस्ता गैरकानुनी घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?