ADVERTISEMENT

प्रधानमन्त्री वालेन्द्र शाहको नयाँ लुक्स चर्चामा, ‘लुसिफर’ गीत राख्दै सार्वजनिक गरे तस्बिर!

२०८३ कार्तिक २३, सोमबार १५:५९

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अमेरिकी र्‍यापर जे–जीको चर्चित गीत ‘लुसिफर’ ब्याकग्राउण्डमा राखेर आफ्नो नयाँ लुक्स सार्वजनिक गरेका छन्।

सोमबार दिउँसो फेसबुकमार्फत उनले कालो चश्मा र कालो हाइनेक लगाएको सेल्फी सार्वजनिक गरेका हुन्। कारभित्र खिचिएको तस्बिरमा उनले एक हातले कपाल समातेका छन् भने निधारमा चाउरी परेको देखिन्छ। तस्बिरसँगै उनले स्माइली इमोजीसमेत राखेका छन्।

यसअघि राजनीतिक टिप्पणीकार सौरभले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ‘लुसिफर’ शब्द प्रयोग गरेपछि यो शब्द चर्चामा आएको थियो।

त्यसपछि प्रधानमन्त्री शाहले पनि सोही शीर्षकको गीत आफ्नो तस्बिरमा प्रयोग गरेपछि सामाजिक सञ्जालमा उनको पोस्टलाई लिएर चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?