ADVERTISEMENT

छठ घाटमा छठ मनाइरहेका परिवारमाथि सां*घा’तिक आ’क्र’मण, दुई जना प्रहरीको नियन्त्रणमा

२०८३ मंसिर ४, शुक्रबार १७:३२

जनकपुरधाम :धनुषाको बटेश्वर गाउँपालिका–५ मा छठ पर्व मनाइरहेका स्थानीयमाथि सांघातिक आक्रमण भएको छ। छठ पर्वको राति पोखरी घाटमा छठ पूजा गरिरहेका बेला स्थानीय सत्यनारायण साह, अरविन्द कुमार साह र प्रवीण साहसहितका परिवारमाथि समूहले आक्रमण गरेको पीडित पक्षले जनाएको छ।

 

उक्त आक्रमणमा परी घाइते भएकाहरूको जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचार भइरहेको छ।

 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरू भने फरार रहेको बताइएको छ।

 

यता, घटनाको अनुसन्धानका क्रममा पक्राउ गर्न घर पुगेका प्रहरीमाथि विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलाइएको स्थानीयको भनाइ छ। घटनालाई प्रभावित पार्ने उद्देश्यले राजनीतिक चलखेल गर्दै प्रहरीमाथि दबाब सिर्जना गर्न खोजिएको पीडित पक्षको आरोप छ।

 

पीडित पक्षले घटनाको निष्पक्ष अनुसन्धान गरी आक्रमणमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?