डम्मर महर सल्यानमा मगर संघले माघि सक्रान्तिको पर्वको अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्याक्रमको आयोजना गरेको छ ।
जिल्लाको छत्रेश्वरी गाँउपालिका वडा नं. २ मा मगर संघ नेपालले माघी सक्रान्तिको अवसरमा उक्त कार्याक्रमको आयोजना गरेको हो । बिशेष गरेर थारु समुदायको नयाँ वर्षको रुपमा रहेको यस दीनलाई मगर समुदायले निकै मह्तवपुर्ण रुपमा लीने गरेको पाईन्छ ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ।
उक्त कार्याक्रममा प्रमुख अतीथी छत्रेश्वरी गाँउपालिका वडा नं. २ का अध्यक्ष प्रेम नेपालि, बिसीस्ठ अतीथी वडा नं. ५ का अध्यक्ष फौद बहादुर बस्नेत, अन्य अतीथी मगर संघ नेपालका केन्द्रीय सदस्य बेल बहादुर घर्ती , जनप्रतीनीधी युबराज खडका इन्द्रा ओलि
रमेश क्षितिज बराइलि रुपान्तरण युबा क्लब सचिब, समाजसेवी
बिजय घर्ति पाथीभरा अन्लाईनका संचालक डम्बर महर, मास्लार्ट चित्र बहादुर रानाको समेत उपस्थीती रहेको उक्त कार्याक्रमको अध्यक्ष मगर संघ केन्द्रीय सदस्य बेल बहादुर घर्तीले गरेकाथीय भने उक्त कार्याक्रमको सहजीकरण चेत बहादुर पुन मगरले गरेका थीय ।







