जनकपुरधाम,(कुमार पंकज)। सरस्वति पूजाको अवसर पारेर जथाभावी मोटरसाईकल कुदाउनेहरुलाई धनुषा लगायत मधेस प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले कारवाही गरेको छ । सरस्वति पूजाको अवसरमा बिना हेल्मेट, बिना कागजातको गाडी चलाउने,अनावश्यक गति र चर्को आवाजमा गाडी चलाउननेहरु जिल्ला प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।
धनुषा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको सप्ताहव्यापी अभियानको पहिलो दिन बिहिवार १ सय ६४ वटा मोटरसाइकल र १ सय २७ जना चालकहरुलाई नियन्त्रणमा लिइएको छ । सवारी चलाउने बेलामा अनिवार्य राख्नु पर्ने कागजातहरु लाइसेन्स, बिलबुक सहितका नबोेकेको सवारी चालकहरुलाई पक्राउ गरिएको छ । विहिवार पक्राउ पर्नेहरुमा अधिकांश किशोर, युवा तथा विद्यार्थीहरु रहेका छन् ।
त्यसैगरि भिडभाडमा तीव्रगतिमा गाडी चलाउने, हेलमेट नलगाउने, मोटरसाइकलमा दुईजना भन्दा बढि सवार भएको सहितको ट्राफिक नियम विपरीत काम गर्नेहरुलाई पक्राउ गरिएको छ ।





