आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएका हुन् ।
उनीहरू राति दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।उनका अनुसार दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्रव्यवहार, लागूऔषध र सवारी दुर्घटना मुद्दाका एकएक जना थिए ।






