संसद लक्ष्मी महतो र रेशम चौधरीको पक्षमा महोत्तरीको गौसलामा प्रदर्शन

२०७९ माघ १६, सोमबार १४:३०

महोत्तरी,(कुमार पंकज)।

नेकपा एमालेबाट महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित लक्ष्मी महतो कोइरी र रेशम चौधरीको पक्षमा महोत्तरीको गौसलामा प्रदर्शन गरिएको छ । संसद लक्ष्मी महतो र रेश चौधरीमाथी लगाएको झुठा मुद्दा खरिज गर माग गर्दै प्रदर्शन गरिएको छ।

कोइरीलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएपनि पक्राउ नगरिएको भन्दै आलोचना भइरहेको समयमा महोत्तरीको गैसलामा कोइरी र चौधरीको पक्षमा प्रर्दशन गरिएको हो ।नागरिक समाजको अगुवामा गौसला नगरका विभिन्न भागको परिक्रमा गरि गौसला बजारको त्रिभुवनमावी अगाडि भएको कोणसभाबिच व्यक्ताहरुले मधेस आन्दोलनमा भएको घटना प्रती छानबिन गर्नेमा जोड दिएका छ्न ।

उनीहरुले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नारावाजी समेत गरेका थिए । प्रदर्शनमा सहभागी नागरिक अगुवाका प्रदर्शनकारुले कोइरी र चौधरीलाई बदनियतपूर्ण ढंगले फसाउन खोजिएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?