महोत्तरी,(शिवम झा)।
नेपाल विद्यार्थी संघ (NSU) जलेश्वरले बिभिन्न कार्यक्रम गरी शहिद दिवस मनाएको छ । शहिद दिवस को अवसरमा जलेश्वर नगरपालिकाका विद्यार्थीहरु लगायत सर्वसाधारणको उपस्तिथिमा दिप प्रज्वालन गरि श्रद्धाञ्जली अर्पण गरेका छ्न । साथै सहिदहरुको समझनामा एक मिनट मौन धारण गरि हार्दिक श्रद्धांजलि व्यक्त गरेका छ्न ।
सोही अवसरमा जनताको जीवनस्तर उकास्न गरिने सम्पूर्ण इमान्दार प्रयत्नहरु नै वास्तवमा शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विद्यार्थी नेताहरूले जोद दिएका छ्न । त्यस्तै घण्टाघरस्थित शहिदहरूको फोटोमा माल्यार्पण एवं दीप प्रज्वलन गरि सहिदहरु प्रती श्रद्धाञ्जली व्यक्त गरेका छन ।






