इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट फरार मध्ये तीन जना पक्राउ

२०७९ माघ १८, बुधबार ०८:२०

जनकपुरधाम,(कुमार पंकज)।
आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्ष फोडेर फरार भएका ६ जना थुनुवा मध्ये तिन जना पक्राउ परेका छन् भने तिन जनाको खोजी जारी रहेको छ ।

पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरिदिप सिंह, क्षिरेशवरनाथ नगरपालिका-२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका-६ का रोशनकुमार महतो रहेका छन् ।

अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो ।

उनीहरू राति दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।उनका अनुसार दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्रव्यवहार, लागूऔषध र सवारी दुर्घटना मुद्दाका एकएक जना थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?