फोर्स गाडी दुर्घटना सहचालक घाइते:सल्यान

२०७९ माघ २३, सोमबार ०७:१२

२३ माघ २०७९/ सल्यान

सल्यानको बागचौर नगरपालिका वडा नं.४ पेदिखोला दुदिलाबोटमा फोर्स गाडि दुर्घटना हुँदा सोहि गाडीका सहचालक घाइते भएका छन् ।दाङको तुलसीपुर बाट रुकुमको नुवाकोटतर्फ जादै गरेको लु १ ख ६२७१ फोर्स गाडी दुर्घटना हुँदा सोहि गाडीका सहचालक हरि वली घाइते भएका हुन ।

आइतबार राति १२ बजे सल्यानको बाँगेलाखुरि बाट सिमखोलि तर्फ गाडी हिड्दा चालक र सहचालक मात्र गाडीमा रहेको,प्रहरी चौकी सिमाखोली बाँगेलाखुरीले जनाएको छ। अहिले घटनाको अनुसन्धान सुरु भएको र चालक सम्पर्कमा नआएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?