दाङको शान्तिनगर गाँउपालिकाले सामाजिक सुरक्षा भत्ता वडा बाटै बितरण गर्न थालेको छ । सामान्यतया नेपाल सरकारको नियमानुसार बैंक बाट बितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता यतिबेला शान्तिनगरले वडा बाटै बितरण थालेको हो । पालिका अध्यक्ष प्रमोद बस्नेतको नेतृत्वमा पालिकाका सबै वडामा सामाजिक सुरक्षा भत्ता बितरण थालिएको हो । पछिल्लो समय युवा पुस्ताको नेतृत्व गरीरहेका प्रमोदको यो कार्यले स्थानिय नागरीक निकै खुसी रहेको छन ।
नेपाल सरकारको नियम अनुसार सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्ने प्रावधान भएपनि पालिका भित्रका नागरिकहरुले बैंकमा सामाजिक सुरक्षा भत्ता बुझन आउदा विभिन्न कठिनाइहरु भोग्नुपरेका कारण सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरिएको शान्तिनगर गाँउपालिका अध्यक्ष प्रमोद बस्नेतले बताएकाछन । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी र सहज रुपमा वितरण गर्न बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको अध्यक्ष प्रमोदले बताएका छन ।
यसरी सामाजिक सुरक्षा भत्ता बितरण हुदा स्थानीयहरु निकै खुसी रहेको छन ।
गाँउपालिका अध्यक्ष प्रमोद बस्नेतले आँफै स्थानीय बस्तीहरुमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्दा बल्ल स्थानीय सरकार आयको आभाष भयको स्थानीयहरुले बताएकाछन ।







