सल्यान त्रिवेनीको वडा नं. ६ ले बेरोजगार युवाहरुको लागी निशुल्क मुडा बनाउने तालिम दीदै

२०७९ फाल्गुन ५, शुक्रबार ०२:११

सल्यानको त्रिबेनी गाँउपालिकाको वडा नं. ६ ले निशुल्क रुपमा २० जना वेरोजगार युवा लाई मुडा बुन्ने तालिम दिने भएको छ । हिजो एक सुचना जारी गरि वडा नं. ६ ले २० जना वेरोजगार युवाहरुको लागी मुडा बनाउने तालिम दिने बतायको छ । १५ दिने निशुल्क मुडा बुन्ने तालिम फागुन महिनाको १२ गते देखि संचालन हुने र १० गते सम्म नागरिकताको फोटोकपि र निबेदन सहित इच्छुक वडा बासीले वडा कार्यालयमा सम्र्पक गर्न भनिएको छ । त्रिवेनी गाँउपालिका वडा नं. ६ को वार्षिक स्विकृत कार्याक्रम बाट त्रिवेनी गाँउपालिका वडा नं. ६ लुहाम सल्यानमा २० जना लाई स्वरोजगार बनाउने लक्ष्यका साथ निशुल्क तालिम संचालन गर्न लागिरहेको वडा अध्यक्ष मनोज शाहाले बताएकाछन ।
वडा बासीको हरेक समस्याको नजिक गयर सामाधानको उपाया खोजने भन्दै शाहाले तालिम सिकीसके पछी ब्यवसाय संचालन गर्न चाहानेहरु लाई वडा कार्यालयले ५० प्रतीसत लगानी गरिदेने समेत बतायकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?