जनकपुर साहित्य महोत्सवको आज अन्तिम(तेस्रो) दिन

२०७९ फाल्गुन १३, शनिबार ०८:११

जनकपुरधाम,(कुमार पंकज)।
महोत्सवको तेस्रो दिन युवा संस्कार र परिकार, मैथिली साहित्य र रङ्गमञ्चको यात्रा, दुर्व्यसन, किन आवश्यक छ उत्सव, समाजको अर्थ र सामाजिक यात्रा, हामीले गुमाएको खेलकुद, सम्झना प्रदीप दाइ तथा विविध संस्कृतिक कार्यक्रम रहेको आयोजक नभ मिथिला फाउण्डेशनका उपाध्यक्ष नेपालले जानकारी दिए।

न्युज एवन

किताबको लोकार्पणदेखि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती पनि महोत्सवमा समेटिएको छ भने महोत्सवको अन्तिम दिन आज भारतका चर्चित गायिका मैथिलि ठाकुरले पनि साङ्गितिक प्रस्तुती दिने भएकी छन्।

न्युज एवन

चौथो पटक आयोजना हुन लागेको जनकपुर साहित्य महोत्सवको ११ गते उद्घाटन कार्यक्रम रहेको थियो । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण रहेको थियोे ।

उद्घाटनकै दिनमा विद्यालय स्तरीय वक्तृत्व कलाको समापन कार्यक्रम भएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई २१ हजार, ११ हजार र ५ हजार १ सय सहित सम्मानित भएको छ ।

महोत्सवको दोस्रो दिनमा पर्यावरण, समावेशिताको परिकल्पना र अभ्यास, राजनीतिक अभियान र अवसर, आफ्नो समाजलाई फर्केर हेर्दा, घुघट प्रथा, अन्तरविद्यालय कविता प्रतियोगिता भैसकेको आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?