सर्लाही,(कुमार पंकज)/
पर्सा गाउँपालिका वाड नम्बर २(संग्रामपुर) का वाड अध्यक्ष राकेश रामले गरिब तथा अति विपन्न परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन्।
उनले वाड अध्यक्ष पदमा निर्वाचित भएपश्चात हालसम्म तलब भत्ताबापत् प्राप्त गरेको रकमले आफ्नो निजि तलबबाट आर्थिक बिपन परिवारलाई सहयोग गरेका हुन ।

राकेश राम
उनले वडा नम्बर २,(संग्रामपुर) का जुगेश्वार पासवानको परिवारलाई हिजो सोमबारका दिन घरमै पुगेर सहयोग उपलब्ध गराएका हुन्। पासवानको दुर्घटनामा परेका र औषधि उपचारमा कठिनाइ भैरहेकोले उनलाई उनलाई औषधि उपचारको लागि आर्थिक रु ५०००/-( पाँच हजार ) सहयोग गरेका हुन । साथै शिघ्र स्वास्थ लाभको कामना गरेका हुन ।

राकेश राम
उनले आफ्नो पाँच वर्षे कार्यकालमा तलव भत्ताबापत् आफुले आफ्नो व्यक्तिगत तर्फबाट गर्न सक्ने सहयोगबाट म पछि पर्ने छैन । साथै जनता र समाजको कामका लागि सधैं अगाडि बढिरहेने उनले प्रतिबद्धता समेत व्यत गरे ।






