धनुषामा अश्लील गित र डिजे बजाउनमा रोक

२०७९ फाल्गुन १९, शुक्रबार ०५:२६

जनकपुरधाम,(कुमार पंकज) ।
धनुषा जिल्लाको शहरी क्षेत्र एवं ग्रामीण क्षेत्रमा विवाह, वर्तवन्ध, धार्मीक कार्य लगायतको अन्य समारोह कार्यक्रमको आयोजना गर्दा ठुलो स्वरमा ध्वनीयन्त्र बजाउँन रोक लागिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले ध्वनी प्रदुषण भई सर्वसाधारणको जनजिविका र स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने हुदा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी काशिराज दहालले ध्वनी प्रदुषणको प्रभावलाई न्यूनीकरण गर्न आवश्यक देखिएको हुँदा राती १० बजे पछि ध्वनी सम्बन्धी यन्त्रहरु (डि.जे., माईक तथा ध्वनी उत्पन्न गर्ने सामग्री) सञ्चालन नगर्न नगराउन र संचालन अवधिमा पनि अश्लिल गीत नबजाउन तथा ठूलो स्वरमा नबजाउनका साथै ध्वनी प्रदुषण हुने गतिविधिहरु नगर्ने / नगराउन हुन सर्वसाधारणमा सूचना जारी गर्दै अनुरोध गरेका हुन ।

aone news

अन्य समयमा संचालन गर्दा अश्लिल गीत नबजाउन तथा ठूलो स्वरमा नबजाउनका साथै ध्वनी प्रदुषण हुने गतिविधिहरु नगर्न नगराउन यो सूचना सार्वजनिक गरिएको, विज्ञप्तिमा उल्लेख छ ।

साथै सूचनाको कसैबाट उल्लंघन भएमा प्रचलित कानून बमोजिम तत्कालै कारवाही हुने समेत प्रशासनले चेतावनी दिएको छ । यस सूचनाको सबै स्थानीय तहबाट समेत परिपालना गर्ने व्यवस्था मिलाउन अनुरोध समेत गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?