
धनुषा,(कुमार पंकज)।
मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय (महिला) दिवसको अवसरमा मिथिला नगरपालिकाको आयोजनामा नारीलाइ लक्षित गरि विभिन्न कार्यक्रम हुने भएको छ । यसवर्ष ११३ औं अन्तराष्ट्रिय नारी दिवस आगामी फागुन २४ गते बुधबार परेको छ । आज आइतबार मिथिला नगरपालिकाको आयोजनामा र युनिसेफ,टिपिओ नेपाल, माइती नेपाल , महिला बालबालिका तथा युवा खेलकुद मन्त्रालय एवम् विभिन्न संघ-संस्थाको सहकार्यमा सरोकारवालाहरु संग अन्तक्रीया कार्यक्रम र दिप प्रज्वलन गरि उद्घाटन भएको माइती नेपाल धनुषाको कार्यक्रम संयोजक पुरषोतम यादवले जानकारी दिए। 
११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा निबन्ध प्रतियोगिता गरिने भएको हो । महिला दिवसकै अवसरमा फाल्गुन २८ गते नगरपालिकाका सम्पूर्ण महिला कर्मचारी र संघ- संस्थाको महिला प्रतिनिधिहरुलाई समान्न कार्यक्रम समेत रहने नगरपालिकाका उप प्रमुख सुनिता सिंह बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रम नगर उप प्रमुख सुनिता सिंह बुढाथोकीको अध्यक्षतामा र प्रमुख अतिथि मिथिला न.पा निति तथा योजना आयोगका प्रमिला सिंहको रोहवरमा उद्घाटन भएको छ । साथै विभिन्न संघ-संस्थाको प्रतिनिधिहरु ,नगपालिका महिला वाड सदस्यहरु र नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा सञ्चाकर्मीहरुको सहभागी रहेको थियो ।

aone news
सन् १९०८ देखि नारी दिवसको बिजारोपण भएको हो । १५ हजारभन्दा बढी महिलाले काम गर्ने समय सिमित हुनुपर्ने भन्दै न्युयोर्क शहरमा सडकमा अन्दोलनमा उत्रिएका थिए । महिलाले काम गरेअुनसार पारिश्रमिक हुुुुनुपर्ने र उचित मताधिकारको प्रयोग महिलाले गर्नुपर्ने प्रस्ताव उक्त अन्दोलनमा राखिएको थियो ।
त्यसपश्चात् एक वर्षपछि अमेरिकाको सोसलिष्ट पार्टीले महिला दिवसको घोषणा गरेको थियो । सोही समयदेखि मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने परम्परा सुरु भएको पाइन्छ । सन् १९१० मा कोपनहेगनमा क्लारा जेटकिनले महिला अन्तर्राष्ट्रिय कन्फरेन्सका क्रममा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव दिएकी थिइन् । सो कन्फरेन्समा १७ देशका एक सय महिलाको उपस्थिति थियो । सबैले यो सुझावको समर्थन गरेका थिए । पहिलो वर्ष सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विटजरल्याण्डमा महिला दिवस मनाइएको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसका लागि ८ मार्च नै किन रोजियो भन्ने विषयमा रोचक तथ्य रहेको छ । क्लाराले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कुनै मिति तोकेकी थिइनन् । सन् १९१७ मा आन्दोलनका क्रममा रुसमा महिलाहरुले ‘ब्रेड एण्ड पिस’ अर्थात् खाना र शान्तिको माग गरेका थिए । महिलाहरुको हड्तालले सम्राट निकोलसले पद नै छोड्नुपरेको थियो । त्यसपछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दियो । त्यतिबेला रुसमा जुलियन क्यालेन्डरको प्रयोग हुन्थ्यो । उनीहरुले आन्दोलन सुरु गरेको दिन फेबु्रअरी २३ थियो भने ग्रेगेरियन क्यालेन्डरअनुसार सो दिन मार्च ८ थियो । यसरी सोही दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालियो । तर, संयुक्त राष्ट्रसंघले १९७५ मा मात्र यस दिवसलाई आधिकारिक मान्यता दिएको थियो । त्यस वर्षदेखि अन्तर्राष्ट्रिय नारी दिवसलाई वार्षिक हिसाबले एक थीम दिएर मनाउन थालिएको थियो । पहिलो महिला दिवसको थीम ‘सेलिब्रेटिङ द पास्ट, प्लानिङ द फ्युचर’ रहेको थियो ।






