फागुन २५ काठमाडौँ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका हुन् । गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । जसअनुसार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका माधव कुमार नेपालसहितका नेताहरुले मतदान गरेका हुन् । नयाँ बानेश्वरमा मतदान ३ बजेसम्म जारी रहनेछ ।






