जनकपुरका वाड न.११ का अध्यक्ष र सचीव अख्तियारको फन्दामा

२०७९ चैत्र ९, बिहीबार ०३:५६

जनकपुरधाम(कुमार पंकज)/
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ११ का अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई बुधवार राति नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष चौधरी र रायलाई रोहन होटेलबाट बुधबार राती नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार एक सेवाग्राहीबाट लिएको करिब ५० हजार घुस रकम सहित दुबैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?