पर्सा गाउँपालिकामा योग शिविर सञ्चालन

२०७९ चैत्र १०, शुक्रबार ०५:४०

सर्लाही,(कुमार पंकज )
सर्लाही जिल्लाको पर्सा गाउँपालिमा साप्ताहिक निशुल्क योग शिविर संचालन भएको छ । पर्सा गाउँपालिकाको कार्यालय आयुर्वेद शाखाले निशुल्क योग शिविरको आयोजना गरिएको हो ।

गाउँपालिका वाड न.२ को वाड अध्यक्ष राकेश रामको अध्यक्षता र प्रमुख अतिथि गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव(बिस्पत)ले उक्त शिविरको उद्घाटन गरेका हुन ।

कमलेश अधिकारी

उक्त शिविरमा गाउँपालिकाको विभिन्न वाडका वाड अध्यक्षहरु,समाजसेवी,कार्यपालिका सदस्यहरु,शाखा प्रमुख,योग गुरु, स्वमसेविका,राजनितिकर्मी लगायत जनसमुदायको उपस्तिथि रहेको थियो । ग्रामिण भेगमा योग साधनाको महत्व र आवश्यकताको बारेमा जानकारी गराउन योग शिविरको आयोजना गरिएकोगाउँपालिकाले जनाएको छ ।

कमलेश अधिकारी

दुर्गम गाउँका नागरिकहरुलाई योग साधनाको बारेमा महत्व र आवश्यकताको बारेमा जानकारी गराउन शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष धिरेन्द्र यादवले बताउनुभयो । योग साधनाले स्वस्थ्य ,निरोगी नागरिक र सभ्य समाज निर्माणमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

कमलेश अधिकारी

योग साधनाले स्वस्थ ,सुखी जिवन संगै सभ्य समाज निर्माणमा सहयोग पु¥याउने राकेश राम गाउँपालिका वाड न.२ वाडको अध्यक्षले बताउनुभयो । उहाँले स्वस्थ्य ,सुखी , खुशी र समृद्धि जिवन जिउनका लागि खानपिन र योग साधनामा ध्यान दिनुपर्ने बताउनुभयो ।

कमलेश अधिकारी

पछिल्लो समय बदलिँदो जिवनशैली र गलत खानपिनले विभिन्न रोगबाट ग्रसित भएको उहाँले बताउनुभयो । योगले मर्यादित,निरोगी ,सुखी र सभ्य समाज निर्माणमा महतवपुर्ण भुमिका खेल्ने वाड अध्यक्ष रामको भनाइ छ ।

कमलेश अधिकारी

चैत १० शुक्रबारदेखी सुरु भएको शिविर चैत १५ गते बुधबारसम्म संचालन गरिने कमलेश अधिकारीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?