सप्तरी,(कुमार पंकज)/
मधेश प्रदेशस्थित सप्तरी जिल्लाको सुरूङगा नगरपालिका ९ बैरबोना एक घरमा आग लगाएको हो । शनिबार बिहान करिब २/३ बजेको समयमा ४५ रामानन्द यादवको फुसको घरमा स्थानीय तीन जना आगो लगाए फरार भएको छ।
स्थानीय ३५ वर्षीय बिरेन्द्र यादव, उनको श्रीमती २९ वर्षीया रन्जु कुमारी यादव र सोही नगरपालिकाको वडा नं. १० सिस्वा बस्ने ४५ वर्षीय रामबिलास यादवसमेतले मिलेर घरमा आगो लगाउँदै गरेको अवस्थामा स्थानियले देखेपछि हो–होल्ला गर्दा फरार भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।आगलागिबाट घर र घर भित्र रहेको नगद १५ हजार र अन्नपात गरी ९९ हजार २ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






