SEE Exam सुरु भएको 15 मिनेटमै Question Paper Social Media मा बाहिर

२०७९ चैत्र १७, शुक्रबार ०५:५९

बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो । परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?