माइती नेपालको ३१ औं वार्षिक महोत्सव: र्‍याली कार्यक्रम गरी सम्पन्न

२०७९ चैत्र २४, शुक्रबार ०५:२७

जनकपुरधाम,(कुमार पंकज)/
माइती नेपालको ३१ औं वार्षिक महोत्सवको अवसरमा जनकपुरधाममा र्‍याली कार्यक्रम गरी सम्पन्न गरिएको छ ।माइती नेपालको आयोजना तथा नेपाल प्रहरी र शंकर टेक्निकल ट्रानिङ सेन्टरको सहकार्यमा जनकपुरधाममा र्‍याली कार्यक्रम गरिएको हो ।

विभिन्न नाराका साथ जनकपुरधामको माइती नेपाल धनुषा शाखाको कार्यालयबाट निकालिएको रैली जिरो माइल, बस पार्क हुदै माइती नेपाल धनुषा शाखाकोको कार्यालयमा सम्पन्न गरिएको हो ।‘हाम्रो अवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज’ भन्ने नाराका साथ सुरू गरिएको र्‍याली कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधि विद्यार्थी छात्र छात्राहरु समाजसेवी पत्रकार र प्रहरीको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै माइती नेपाल धनुषा शाखाको कार्यक्रम संयोजक पुरषोतम यादवले “अझै पनि महिलामाथि हुने हिंसामा कमी नआएको बताउनु भयो । महिलामाथि हुने हिंसालाई कम गर्न विभिन्न सङ्घसंस्थाको सहयोगमा हामी काम गर्न तयार रहेको “बताउनु भयो ।

माइतीनेपालविगत ३१ वर्ष देखि महिला तथा बालबालिका हरुको हक र अधिकार स्थापनाको लागिक्रियाशिल गैर सरकारी संस्थाहो । यस संस्थाले देशको विभिन्नसिमाना हरुमा १७ वटा सीमानिगरानीतथा आवधिक गृह, २ वटा पुर्नस्थापना गृह,३ वटा रोकथाम गृह, १ वटा बाल संरक्षण गृह, २ वटा हस्पिस र १ वटा प्राथमिक उपचार केन्द्रहरुको स्थापनातथा सञ्चालन गरेर देशैभरका प्रत्यक्ष रुपमा २१ जिल्लाहरुमामानव बेचबिखनतथा ओसारपसार विरुद्धको आफ्नो अभियानलाई सशक्त बनाउदै आईरहेको छ ।
नेपाल सरकारद्वारा जारी मानव बेचविखनतथा ओसारपसार नियन्त्रण ऐन २०६४ तथानियमावली २०६५ अनुसार मानव बेचबिखन तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्नमाइती नेपालद्वाराआवधिक गृह धनुषा परियोजना लागु भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?