धनुषामा लागु औषध सहित एक जना पक्राउ

२०७९ चैत्र २५, शनिबार ०२:२६

जनकपुरधाम,(कुमार पंकज)/
प्रहरीले लागुअाैषध सहित एक जनालाई पक्राउ गरेको छ।लक्ष्मिनिया बजार स्थित ढल्केवरबाट जनकपुर तर्फ
तर्फ आईरहेको ना. ७ ख. ४२५१ नं. को ट्रक माथी शंका लागि चेक जाँच गर्दा पक्राउ गरेको छ ।विशेष सुचनाको अधारमा तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जि.प्र.का. धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।

प्रकाउ परेको ट्रक चेक जाचको क्रममा ट्रक भित्र फल्स वटम बनाई पलाष्टिकले वेरिए लुकाई छिपाई राखेको अवस्थामा १२ वटा पोकामा जम्मा १२४ के.जी. लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिए ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वाड न.९ बस्ने वर्ष ५१ को सन्तविर दोङलाई ट्रक सहित नियनत्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?