जनकपुरधाम(कुमार पंकज)/
गोपाल सेवा समितिले नयाँ बर्ष २०८० को सुखद अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।जनकपुरधामको कृष्ण मन्दिरको प्राङ्गणमा सम्पन्न कार्यक्रम पुर्व मन्त्री मा. रामसरोज यादवको प्रमुख आतिथ्य तथा केन्द्रीय बरिस्ठ उपाध्यक्ष बजरंग यादब ,महासचिव शशिरंजन यादब लगायत केन्द्रीय सदस्यहरु अाजिवन सदस्यहरू लगायत उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी सबैले आफ्नो तर्फबाट शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै केन्द्रीय बरिस्ठ उपाध्यक्ष बजरंग यादले अबका युवाहरु सामाजिक काम मा मात्र नभएर अब देशको अवस्था सुधार ल्याउनका लागि समेत अघि बढ्नु पर्ने बताउदै , आफ्नो समाजमा भएको बिकृतीहरु विरुद्ध परिवर्तनका निम्ति रहेको , युवाहरुमा छाएको नैराश्यतालाई हटाउदै देश बिकासको बाटोमा लाग्न आफुले सधै अभिप्रेरित गर्ने बताउनु भयो । साथै गोपाल सेवा समिति मात्र यादवको छैन, हामीले समाजमा भएको असहाय पीडितलाई सधै सहयोग गर्दै आइरहेकोका छौं । गोपाल सेवा समिति कसैको भोट बैंक होइन यो समाजिक संस्था हो, समाजमा भाएको समस्यालाई समाधान गर्न सधैं तयार रहेको जानकारी दिनु भयो । साथै युवा सग मिलेर समाजका बिसङ्गती बिरुध् लड्न आफू सधै तयार रहेको बताउदै आफ्ना विभिन्न लोक कल्याणकारी सस्थाहरु सग सहकार्य गराउदै अघि बढ्न आफू तयार रहेको जानकारी दिनु भयो ।






