जनकपुरधाम/(कुमार पंकज) /
धनुषामा पहिचान नखुलेको एक जना युवकको शव फेला परेको छ । जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं.१ ज्यामिरे खोलाको किनारमा पहिचान नखुलेको अन्दाजी बर्ष २६/२७ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ l ढल्केवरबाट प्र.नि.समेतको प्रहरी टोली घटनास्थलमा खटि गई लास जाँच प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतक पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ।
शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । पहिचानका लागि प्रहरीले मृतक युवकको हुलिया समेत उल्लेख गरेको छ । कलेजि रंगको अन्ड्र्बियर, सेतो रंगको गन्जी, गहु गोरो अनुहार, पाँच फिट जती उचाइ, कालो र छोटो कपाल, तराई बासी देखीने जस्तो अनुहार भएको व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम धनुषाको शव गृह कक्षमा राखिएको छ ।






