सर्लाहीको पर्सा गाउँपालिकाले सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

२०८० बैशाख १५, शुक्रबार १०:४४

सर्लाही/(कुमार पंकज),
सर्लाहीको पर्सा गाउँपालिकाले सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ।
सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतिबाट नागरिकलाई बचाउने लक्ष्यका साथ गाउँपालिका स्वास्थ शाखाले शुक्रबार सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको हो। वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, वाल क्लब, समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि लगायतलाई सहभागी गराएर सचेतना कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ।

Rakesh ram

युवा, महिला तथा बालबालिका अवस्थाका नागरिकलाई सुर्तीजन्य पदार्थको प्रयोगबाट बचाउन, धूम्रपान तथा सुर्ती सेवनले आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा पर्ने नकारात्मक असर नियन्त्रण गरी नागरिकको स्वास्थ्य र आर्थिक हित अभिवृद्धि गर्न, सुर्तीजन्य पदार्थको आयत, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको हो।

कार्यक्रममा सहभागीलाई धूम्रपान तथा सुर्ती सेवन गर्न छाडे हृदयाघात, क्यान्सर, मधुमेहको जोखिम कम हुने, फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या कम हुने, मुख, दाँत, गिजा स्वस्थ रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना कम हुने, आँखाको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनबाट जोगिने, गर्भावस्थामा हुने जोखिम कम हुने लगायतका विषयबारे जानकारी दिइएको छ।

सन् २०२० को विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक २४ लाख मानिसको मृत्यु हुने गरेको छ। सन् २०१८ को तथ्याङ्क हेर्दा ९६ लाख मानिसको क्यान्सरबाट मृत्यु भएको छ। विश्वभर मृत्यु हुने कारणमध्ये क्यान्सर दोस्रो नम्बरमा पर्छ।

Rakesh Ram

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?