धनुषामा पहिचान नखुलेको एक युवाको शव फेला

२०८० बैशाख १५, शुक्रबार ११:२९

जनकपुरधाम/(कुमार पंकज) /
धनुषामा पहिचान नखुलेको एक जना युवकको शव फेला परेको छ । जिल्ला धनुषाको नगराईन नगरपालिका वडा नं.४ स्थित सडक खण्डमा पहिचान नखुलेको अं.बर्ष ४५/५० को पुरूष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ l अनुसन्धान प्रहरी टोली घटनास्थलमा खटि गई लास जाँच प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतक पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ।

शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । पहिचानका लागि प्रहरीले मृतक युवकको हुलिया समेत उल्लेख गरेको छ ।

बुल्लु रंगको पाइन्ट, सेतो रंगको कुर्ता , गहु गोरो अनुहार, पाँच फिट जती उचाइ, कालो र छोटो कपाल, तराई बासी देखीने जस्तो अनुहार भएको व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम धनुषाको शव गृह कक्षमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?