आज मिति २०८० बैशाख १६ गते शनिवार को दिन सृजनात्मक समाज फाउन्डेसन नेपाल तथा वीरगंज जेसिस द्वारा निशुल्क ट्युसन सन्चालन गरेका छन्।पर्सा गढी नगरपालिका वडा नम्बर ८ हरपुर को दलित बस्तीमा
दलित बाल-बालिकाहरूलाई लक्षित गरी ट्यूशन शिक्षा सन्चालन गरेका छन्। सृजनात्मक समाज फाउन्डेसन नेपालले नयाँ शैक्षिक सत्र २०८० सालको बैशाख महिना देखी साक्षारता अभियान सुरु गरेका छन्। यस कार्यक्रममा वीरगंज जेसिसले सहयोग गरेका छन्।यो कार्यक्रम प्रत्येक गाँउमा गर्ने छौ भन्ने कुरा फाउन्डेसनको सचिव बालकेश्वर रामले वताएका छन्।
वीरगन्ज जेसिसको अध्यक्ष तथा फाउन्डेसनको सभापतित्व र पर्संगढी
नगरपालिका को वडा नं. ८ को वडा अध्यक्ष,वडा सदस्य ,जेसिसको महा
सचिव त्रीलोकी साह,जेसिसको पूर्व अध्यक्ष तथा फाउन्डेसनको सलाह
शेखर चौधरी,फाउन्डेसनको सह सचिव ब्रहृमा नन्द राम नेपाली,सदस्य
भूपतिन्द्र राम,शिव राम ,का.बा.वडा अध्यक्ष जयराम दास,लगायत का
उपस्थिति रहयो।कार्यक्रमको सञ्चालन फाउन्डेसन को सचिव बालकेश्वर्
राम ले गरेका छन् ।३०० बालबालिकाहरुको उपस्थिति रहेको।





