नेपाल राष्ट्रिय बैजु जनता माध्यामिक विधालयले आफ्ना कक्षा १२ का विद्यार्थीलाई गरे बिदाइ

२०८० बैशाख २४, आईतवार ०५:१७

सर्लाही,(कुमार पंकज)।सर्लाही जिल्लाको पर्सा गाउँपालिका २ स्थित श्री नेपाल राष्ट्रिय बैजु जनता माध्यामिक विधालयले आफ्ना कक्षा १२ का विद्यार्थीलाई आज (आइतबार) एक समारोह आयोजना गरी बिदाइ गरेको छ ।

व्यवस्थापन तथा शिक्षा सङ्कायका विद्यार्थीहरुलाई टीका माला लगाइ शिक्षक,शिक्षीका, र प्रमुख अतिथि वार्ड अध्यक्ष राकेश रामले विद्यार्थीको उज्वल भविष्यको कामना पनि गरेको छ ।

Rakesh Ram

“फरक–फरक क्षमताले उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षाका लागि अगाडि बढिरहँदा सदैव सकारात्मक सोच, धैर्य र दृढ सङ्कल्पसाथ अघि बढ्न सुझाव दिइएको छ ।”

Rakesh Ram

विधालयले प्रदान गरेको शिक्षाले विद्यार्थीहरुमा आत्मगौरव र सदाचारसहितको समृद्ध जीवनको कामना गरिएको छ । विधालयको प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विधालयको प्र.अ. सुरेन्द्र रजकले “यस विधालयमा अध्ययन गर्ने विद्यार्थी विश्वका जुनसुकै स्थानमा पनि अब्बल बन्नसक्ने विश्वास व्यक्त गरे । हरेक विद्यार्थी कुनै न कुनै क्षमताले अब्बल रहेको भन्दै नैतिकवान् भएर अघि बढ्न अनुरोध गरे । सकारात्मक सोच, धैर्य र दृढ सङ्कल्प लिएर अघि बढ्दा लक्ष्य प्राप्त गर्न सहज हुने उनले बताए ।

साथै हरेक विद्यार्थी अनुशासित र लगनशील रहेको भन्दै उच्च शिक्षाका लागि शुभकामना दिए”।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?