जनकपुरधाम
मधेस प्रदेशकी सासंद मा.रानी शर्मा तिवारीले यौनिक तथा लैङ्िगक अल्पसंख्यक (तेस्रो लिङ्गी) लाई पहिचान सहितको नागरिकता सजिलो ढङ्गले पाउनुपर्ने व्यवस्था हुनुपर्छ भन्दै माग गरेकी छिन्।
बुधबार बसेको प्रदेशसभा बैठकमा बोल्दै उनले भनिन्
“कुनै महिला र पुरुषले जिल्ला प्रशासन कार्यालय मा गएर नागरिकता बनाउदा पहिचान सहितको नागरिकता दिने गर्छन्। म महिला हुँ र म पुरुष हुँ भनेर भन्दा कुनै पनि मेडिकल सर्टिफिकेट देखाउनु पर्दैन र नागरिकता बन्छ। तर पुरुष र महिला बाहेक रहेको तेस्रो लिङ्गी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले आफु तेस्रो लिङ्गी हुँ भनेर पहिचान सहितको नागरिकता माग्दा पनि नागरिकता पाउ्दैन् भनेर उनीहरुको गुनासो रहेको कुरा बताइन्”।
तेस्रो लिङ्गीले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जाँदा कर्मचारीहरुले डाक्टरको मेडिकल सर्टिफिकेट को माग गर्छन् ,यो कस्तो विडम्बना हो। एक त भगवानले उनीहरू सँग खेल खेलकै छ ,हामी तपाईं जस्ता निति निर्माताले पनि खेल खेलिरहेका छौ। यो एकदमै सोचनिय र गम्भीर प्रश्न रहेको भन्दै सभामुख समक्ष जिकिर गरिन्। सांसद तिवारीले उनीहरुको समस्या सुनाउदै भनिन् तेस्रो लिङ्गी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई डाक्टर सँग मेडिकल सर्टिफिकेट बनाउने प्रक्रिया एकदमै जटिल र झन्झटिलो रहेको कुरा बताउछिन्। हामी सँग सबै तह र तप्का बाट हानी नोक्सानी पुर्याइ रहेको र हामी सँग मानहानी भईरहेको कुरा बताउछिन्। त्यसैले यौनिक तथा लैङ्िगक अल्पसंख्यक ( तेस्रो लिङ्गी) हरुको माग सम्बोधन गरी सरकार चल्न आग्रह गरिन्।






