(कुमार पंकज)
जनकपुरधाम, असार २२ गते । नयाँ खोज, अनुसन्धान र विकासमा टेवा पुग्ने उदेश्यका साथ मधेस प्रदेशको राजधानी जनकपुरधाममा युवा वैज्ञानिक सम्मेलन तथा प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालयको सहयोग, प्रदेश युवा संजालको सहकार्य र नेपाल युवा समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । सम्मेलनमा मधेस प्रदेशको आठबटा जिल्लाबाट करिब १०० जना युवा वैज्ञानिकहरु भेला रहेको सो सम्मेलनको उद्घाटन मधेस प्रदेश उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले गरेकी हुन ।

प्रमुख अतिथिको आसनबाट बल्दै मन्त्री यादवले भनिन्,”मधेश प्रदेशमा प्रतिभाको कमी नभएको बताउँदै अहिले युवालाई अवसर प्रदान गर्ने आवश्यकता रहेको छ । अहिलेको बैज्ञानिक युग हो, तर हामी नेपाली अहिले पनि पछाडी नै परोको देखिन्छ। यस्तो युगमा पनि हाम्रो समाज मा खुल्ला रुपमा बाच्ची रहेको अवस्था छैन । हामी नेपाली अहिले पनि अन्धबिश्वासमा रहेको हुनाले हामी पछाडी परेका छौँ । साथै विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि सबै प्रकारको सहयोग गर्नका लागि म तयार रहेको बताउनुभयो ।

विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन गर्ने विद्यार्थीहरु र युवाहरुलाई अनुसन्धान विचार र परियोजनाहरु मार्फत देशमा विज्ञान, प्रविधि र नवप्रवर्तन गतिविधि हरुमा संलग्न गराउने उदेश्यले सम्मेलनको आयोजना गरिएको प्रदेश युवा संजालका इन्चार्ज श्याम साहले बताए ।

सम्मेलनमा कृषि र वन, जीवन विज्ञान, कम्प्युटर र सूचना प्रविधि, इन्जिनियरिङ र रोबोटिक्स, ऊर्जा र वातावरण, न्यानो र उदयीमान प्रविधिहरु, पृथ्वी विज्ञान, परम्परागत प्रविधिहरु, विज्ञान र समाज सम्बन्धीका प्रस्तुतिहरु रहेका थियो। साथै कृषि, विज्ञान तथा इन्जिनियरिङ गरी तिन विधाका युवा वैज्ञानिकहरूले आफ्नो आफ्नो खोज तथा अन्वेषण प्रदर्शनी गरेका थिए। त्यस मध्ये उत्कृष्ट तीन युवा बैज्ञानिकहरुको प्रस्तुतिलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको छ ।

नेपाल युवा संजालको संयोजक रोहित कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा,प्रमुख अतिथि उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव,अतिथि प्रदेश युवा संजालको अध्यक्ष म.नइम राइन,अतिथि प्रदेश युवा संजाल इन्चार्ज श्याम साह लगायत विभिन्न संघ-संस्था बिधालय(कलेज) का प्रतिनिधिहरु,विद्यार्थीहरु संचारकर्मी हरुको उपस्थित रहेको थियो । कार्यक्रमलाई गंगा साहले संचालन गरेकी थिइन् ।






