मंगलबार दिउँसो इटहरीबाट सन्जिता र निहाङलाई नडाह चोकबाट चेकिङको क्रममा बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए ।
पीडित युवतिहरुले आफुलाई गफ गर्नका लागि झुक्याएर बोलाएर कुटपिट गरेको र भिडियो समेत सामाजिक सञ्जालमा राखेको भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा गत आइतबार किटानी जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा पाँच जनाको समुहमा रहेका युवतिहरुलाई पक्राउ गरिएको प्रवक्ता राईले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।






