सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरुले प्रदर्शन गरेका छन् ।
शनिवार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण ¥याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरु तरहराको पानीपियामा आन्दोलित भएका हुन् । होल्ड…
शुक्रवार मध्यरातिदेखि धरानमा निधेषाज्ञा जारी गरिएको छ । हिन्दु धर्मावलम्वीहरुको प्रदर्शनलाई निधेषाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको ¥यालीमा हजारौं सर्वसाधारण सहभागी छन् । धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेर भोज गरिएको बिरोधमा आन्दोलन भएको हो । हिन्दु धर्मावलम्वीहरुले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन् । एक धर्मावलम्वीहरुले अर्को धर्मावलम्वीहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा आन्दोलन भइरहेको छ
सुनसरीको धरानमा हिन्दु धर्मका संघसंस्थाहरुले गरे प्रदर्शन
२०८० भाद्र ९, शनिबार १३:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
© 2025: NewsAone मा सर्वाधिक सुरक्षित छ । Privacy Policy | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Protech Nepal Pvt.Ltd