पुजारीमाथि  अज्ञात   समूहबाट आक्रमण गर्ने एक जना पक्राउ

२०८० भाद्र २४, आईतवार ०४:४५

रौतहटको रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण गर्ने  अज्ञात   समूहबाट  एक जना पक्राउ परेका छन् । साहमाथि बिहीबार राति एक अज्ञात  समूहले धारिलो हतियार प्रहार गर्दा उनको टाउकोमा  गम्भिर  चोट लागेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले साहका छिमेकी पलधारी साहलाई पक्राउ गरी अनुसन्धान   गर्न थालेको जनाएको छ । पलधारीसहितको समूहले राति ११ बजेतिर मिश्रीलाललाई हतियार प्रहार गरी फरार भएको ईलाका प्रहरी गंगापिप्राले जानकारी दिएको छ । पीडित साहको किटानीको आधारमा पलधारीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार घाइतेलाई राति नै पिपरा बजारस्थित वाग्मती हस्पिटलमा लगिएको थियो । घटनामा अन्य व्यक्तिको संलग्नता रहेको हुनसक्ने भन्दै प्रहरीले खोजतलास जारी राखेको जनाएको छ ।  थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?