२०८० असोज १८ काठमाडौ ,
विश्वकप २०२३ मा न्युजिल्यान्ड ले धमाकेदार सुरुवात गरेको छ।एकदिवसीय विश्वकपको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई न्युजिल्यान्डले ९ विकेट ले जितेको छ। जितका लागि २८३ रनको लक्ष्य दिएको न्युजिल्यान्ड ले १ विकेट गुमाउँदै ३६ ओभर २ बल खेल्दै लक्ष्य पार गरेको छ।जितमा डेभोन कोनभेय र रचिन रविन्द्र को सतक ले सजिलै लक्ष्य पार गरेको छ। डेभोन कोनभेय ले १२१ बल खेल्दै १५२ रन रचीन रविन्द्र ले ९६ बल खेल्दै १२३ रन बनाएको छ।
न्युजिल्यान्डका बलर म्याट हेन्री, मिचेल सन्तार र ग्लेन फिलिप्सको उत्कृष्ट बलिङको सामुन्ने इंग्ल्यान्डका ब्याटिङमा जोय रुटभन्दा अन्य ब्याटर खासै टिक्न सकेनन् ।
रुटको ७७ रन मद्दतमा निर्धारित ५० ओभरमा इंग्ल्यान्डले ९ विकेट गुमाएर २८२ रन बनायो ।न्युजिल्यान्डका लागि म्याट हेन्रीले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चेर ३ विकेट लिए । मिचेल सन्तार र ग्लेन फिलिप्सले समान २/२ विकेट लिए । ट्रेन्ट बोल्ट र रचिन रविन्द्राले १–१ विकेट लिए ।






