एफसीको ब्रान्ड एम्बास्डरमा मिस पवी

२०८० आश्विन २०, शनिबार ११:१५

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को साबिक उपविजेता टोली धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डरमा कलाकार मिस पवीलाई नियुक्त गरेको छ ।धनगढी एफसीका सीईओ सकुश केसी र कलाकार मिस पवीले शुक्रबार एक कार्यक्रमबीच ब्रान्ड एम्बास्डर नियुक्तिको सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार पवी यस सिजनको एनएसएलको लागि धनगढी एफसीको ब्रान्ड एम्बास्डर हुनेछिन् । खेलका बेला उनले स्टेडियममा बसेर धनगढी एफसीलाई समर्थनसमेत गर्नेछिन् ।

ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले आफू एकदमै उत्साही भएको प्रतिक्रिया दिएकी छन् । ‘धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रूपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु’, उनले भनिन्, ‘कहिले दशरथ रंगशालामा खेल होला र हेर्न जाऊँला भनेर आतुर पनि भैसकेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?