२०८० कार्तिक ११ जनकपुर
बडा दशैं पर्व अवधिभर अपराधिक क्रियाकलाप नियन्त्रण सम्बन्धमा
मिति २०८०।०६।२८ गते घटस्थापना देखि शुरू भएको हिन्दु धर्मालम्वीहरूको महान चार्ड वडा दैशको अवसरमा यस का तथा मातहत समेतमा दुर्गाको प्रतिमा बनाई तथा शक्तिपिठहरू समेत गरि ९५ स्थानहरूमा विभिन्न किसिमको मेलाहरूको आयोजना गरिएकोमा उक्त मेला अवधिभर चार्ड/पर्व लक्षित सुरक्षा योजना बनाई यस कार्यालय तथा मातहत समेतमा थप प्रहरी जनशक्ति सहित ( मेला डियुटी, चेकप्वाईन्ट, यात्रु सहायता कक्ष, QRT, पदैल गस्ती, मो.सा. गस्ती, ट्राफिक व्यवस्थापन, राज मार्ग सुरक्षा, चोरी तथा लुटपाटका घटना नियन्त्रण ) समेतमा नेपाल प्रहरी र ट्राफिक प्रहरी सहित ६६८ जना प्रहरी परिचालन गरिएकोमा गत वर्षहरूको तुलनामा यस वर्ष कुनै किसिमको अवाञ्छित तथा अप्रिय घट्नाहरू नभएको । उक्त मेला अवधिभर नियन्त्रण गरिएको अपराधिक क्रियाकलापहरूको विवरण निम्न अनुसार रहेको ।
निम्नः-
१. मोटर साईकल चोरीमा संलग्न-४ जना, साईकल चोरीमा संलग्न-४ जना, मोटर चोरीमा संलग्न-२ जना, घरमा चोरी गर्ने-८ जना, घरको तालचा फुटाउने-४ जना, लागु औषध सेवन गर्ने-८ जना , शंकास्पद रूपमा राति हिंडुल गर्ने-७ जना गरी जम्मा ३७ जनालाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान पश्चात १० जना माथि चोरी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको र बाँकी २७ जनालाई चाड/पर्व पश्चात समझाई बुझाई गरी आफ्न्तको जिम्मा लगाई छाडिएको ।
२. सोही अवधीमा अवैध भन्सार चोरी निकासीका किराना समान, लताकपडा, खाद्यान्न गरी जम्मा रू. १५,५७,७४०।– बराबरको समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको ।






