सर्लाहिमा छठ मनाउन खोला सुखे पछि व्रतालु चिन्तित 

२०८० मंसिर २, शनिबार ०५:२८

कुमार पंकज 

सर्लाही,मङ्सिर २ , । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयमा पानी नभएर सर्लाहीका पर्सा गाउँपालिकाका व्रतालुहरु चिन्तित बनेका छन । अघिल्ला वर्षहरूमा खोलामा प्रशस्त पानी हुन्थ्यो । यसवर्ष भने छठ पर्व नजिकिदै  गर्दा पनि अहिलेसम्म खोलमा पानी छैन ।

पर्सा गाउँपालिकाको संग्रामपुर , नारायणपुर , जिङग्ड्वा र कबिलाशीमा पर्ने बाके खोला (नदि) मा पानी नभए पछि स्थानीय युवाहरुले मोटर जडान गरि खोलामा पानी भरेर छठ पर्वको तयारी गरिरहेका छ्न ।

यस वर्ष भने समयमा पानी नपरेकाले धेरै जसो नदि खोला पोखरीहरु सुखी सकेको छ । यस्तो खाले समस्या कहिले पनि आएको थिएन स्थानीय युवा बिजय यादवले बताए । ` हामी युवाहरु मिलेर बोर्डिङ र मोटर जडान गरि पानी ल्याउन सफल भएका छौं र स्थानीय प्रतिनिधिहरुले पनि हामीलाई सहयोग गरेको उनले,´बताए ।

बिगतको सात दशक देखि बाके नदिमा पानीको अभाव भएको थिएन स्थानीय बिन्देशवर प्रसाद यादवले बताए । ` छठ पर्व मनाउनको लागि पानी अभावका करण व्रतालुहरुलाई धेरै चिन्ता थियो । तर वाडका प्रतिनिधिले डोजर ले नदिको मुहान बनाउएर युवाहरूको सहयोगले पानी ल्याएकोमा धेरै खुशी छु ,´ उनले बताए ।

पर्सा गाउँपालिका वाड २ (संग्रामपुर) का वाड अध्यक्ष राकेश रामले यस वर्ष छठ पर्वको समयमा खोलामा पनि नभएर ठुलो  समस्या थियोे । हामी प्रतिनिधिहरुले डोजरले नदिमा पानीको मुहान बनाएर युवाहरुको साथ सहयोगमा छठघाटको तयारी भैरहेको बताए । ` आकाशे पानीमा हामि निर्भर थियौँ तर यस वर्ष समयमा पानी नपरेकोले नदि नला सुखा अवस्थामा छ । भावी समयमा पानीको समस्याबाट बच्न पानीको सदुपयोग गर्ने जरुरी देखिन्छ । साथै छठ पर्व शान्ति पुर्वक मनाउन स्थानीय बासी युवाहरु संग अनुरोध समेत गरे व्यक्त गरे।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?