धनुषामा पाँच दिने मधेस इमर्सन कोर्स सम्पन्न 

२०८० मंसिर १६, शनिबार ०८:२९

कुमार पंकज 

धनुषा, मङ्सिर १६। समाजमा परिवर्तन गर्ने  सामूहिक प्रतिबद्धता गर्दै धनुषामा पाँच दिनदेखि जारी समाजिक रुपान्तरणका लागि मधेस इमर्सन कोर्स शुक्रबार  सम्पन्न भएको छ । खाद्यका लागि कृषिमा अभियान, नेपाल मधेस फाउन्डेसन र शिक्षा निति तथा अभ्यास केन्द्रको सहकार्यमा धनुषाको मिथिला ना.पा. १० लालगढमा मङ्सिर १० गतेदेखि १५ गतेसम्म तालिम चलेको थियो । मधेसीहरुको समस्या र सवाल बुझन र समाज रुपान्तरण गर्ने  उदेश्यले तालिम संचालन गरेको थियो । तालिममा विभिन्न जिल्लाहरुबाट २५ जनाको सहभागिता रहेको थियो ।

मधेसको मुख्य समस्याहरु जातीप्रथा भएकोले त्यसलाई न्यूनिकरण गर्न राज्यको मास्टर प्लान नहुनुले मधेसमा समाजिक कुप्रथाहरु प्रयाप्त मात्रामा रहेने गरेको छ ।मातृभषामा शिक्षाको व्यवस्था हुन नसक्नुले मधेसी दिन प्रतिदिन पछाडी पर्दै गएको बिषयहरुमा छलफल भएको थियो ।

त्यसतै राजनैतिक समस्यालाई हेर्ने हो भने मधेशी समुदायमा गरिब , दलित र जनजातीको बाहुल्यता रहेको ठाँउँमा पनि राजनीतिक तहमा धनी ,राजनीतिक पहुँच र पावर हुने व्यक्तिको राजनीतिक पकड हुने गरेको छ।त्यस्तै क्षेत्रीय स्तरमा मधेस र मधेसीको परिचय र भाषा परिभाषित हुन सकेको छैन ।राष्ट्रिय स्तरमा मधेस र मधेसीको परिचय र भाषा परिभाषित हुन नसक्नु । शासन प्रशासन, सेवा इत्यादि सम्पूर्ण क्षेत्रमा समान÷समावेशी सहभागिता हुन नसक्नु ।

त्यस्तै स्थानीय स्तरमा मधेशी आदीवासी दलित, पिछडिएका जनजातीहरुको जनसंख्या धेरै भएपनि यिनीहरुको अवस्था माथि उठाउन राज्यले कुनै प्रभावकारी नीति ल्याउन नसकेको बिषयबस्तुलाई समेटी प्रशिक्षक तुलानरायण साहले प्रशिक्षण गराएका थिए । त्यस्तै राजनीति संरचना,समाजिक संरचनाको अभ्यास लगायतका बिषयहरुमा टीका भट्टराईले प्रशिकण गरेका थिए।

कार्यक्रमको समाप्न सत्रमा सहभागीहरुलाई प्रतिबद्धता सहित प्रमाणपत्र दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?