लुम्बिनी , मंशीर २३।
काठमाडौंस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्घ विश्वविद्यालयसँगको सहकार्यमा भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न गरेकाे छ ।
लुम्बिनीमा आयाेजित महाेत्सवकाे प्रमुख अतिथ्यतामा पर्यटन ,संस्कृति तथा नागरिक उड्यनमन्त्री सुदन किराँती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी , भारतीय राजदुत नवीन श्रीवास्तव ,लुम्बिनी बिकास काेषका उपाध्यक्ष ल्हारकल लामा लगायत लुम्बिनी प्रदेशका गृहमन्त्री सन्ताेष पाण्डेय, समाजिक बिकास मन्त्री सिके गुप्ता ,पुर्व मन्त्री हृदयेश त्रिपाठी, इकबाल शाह एवं विभिन्न दलका नेता , विद्यालयका बिद्यार्थी , भुपु गाेरखाका परिवार लगायतका हजाराैं स्थानीयकाे उपस्थिति थियाे ।
नेपाल र भारत बीचकाे सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाई जनस्तरबाटै द्विपक्षिय सम्बन्ध विस्तार गर्नका लागि संस्कृतिक कार्यक्रम नै मुख्य माध्यम रहेकाे वक्ताहरुकाे जाेड थियाे ।
भारत-चीन सिमासंग जाेडिएकाे लद्दाखबाट आएका बाैद्ध गुरुहरुद्वारा मायादेवि मन्दिर नजिक बनाइएकाे “मण्डपम” उद्घाटन गरि महाेत्सवकाे शुरुआत गरिएकाे आयाेजकले जनाएकाे छ ।






