जनकपुरधाम, २५ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तर्गत आज सोमबारको दिन युवाहरूसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन हिजो आइतबार भए पनि सोमबार नेपाल परिवार नियोजन संघले युवाहरू संगको अन्तरक्रिया कार्यक्रम गरेको छ । यस वर्ष ‘लैङ्गिक हिंसा अन्तयको सुनिश्चितता: बालबालिकामा लगानीको एक्यवद्धता’भन्ने नारा दिएर १६ दिने अभियान नेपाल भरिमा मनाएको थियोे ।
संसारभर २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन्। यसै क्रममा सोमबार FPAN ले युवाहरु संग अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा महिला माथि हुने हिंसा मानव अधिकार हनन्को सवालहरुमा बिस्तृत छलफल गरिएको थियो ।
साथै महिला हिंसाका कारण महिला र बालिकाको समुन्नत जीवन जिउन पाइरहेका छैनन् । हिंसा प्रभावितको स्वास्थ्य, भावना, मनोविज्ञान, शारीरिक सुरक्षा र आत्मसम्मानमा समेत नकारात्मक प्रभाव पारिरहेको बिषयहरुमा छलफल गरिएको थियो ।






