मन्त्री सिंह द्वारा पथलैयामा पटके सेन्टरको उद्घाटन

२०८० पुष १७, मंगलवार १२:२६

बारा ।मधेश सरकार श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले पटके सेन्टरको उद्घाटन गरेका छ्न।

सोमबार मधेसका बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयामा बाटो इजाजत शाखाको एक कार्यक्रम बिच यातायात मन्त्री सिंहले रिवन काटेर उद्घाटन गरेका हुन।

पटके सेन्टरको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथीसमेत रहेका मन्त्री सिंहले मधेशका हुलाकी राजमार्गमा अब छिटै इलेक्टि्रकल बस सेवा संचालनमा आउने दाबी गरेका छ्न।

मन्त्री सिंहले ‘यस क्षेत्रका सवारी साधनहरुको इजाजत लिनको लागि वीरगन्ज जानुपर्ने बाध्यता थियो।त्यो अब जितपुरमै आएर इजाजतपत्र लिने काम सुरु भएको उनले बताए।’

जनमत पार्टीले सोचका अनुरास हामी काम गर्दै जनता राजको अनुभुती दिलाउने मन्त्री सिंहले बताए।जनताको घरघरमा सेवा पुर्याउनु लक्ष्यको साथ अगाडि बढिरहेको उनले बताए।

जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलको अध्यक्षता भएको पटके सेन्टर उद्घाटन कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य माधव नारायण सिंह,जिल्ला ट्राफिक प्रहरी कार्यलय पथलैयाको डिएसपी ,जनमत पार्टीका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज ओम प्रकाश सरार्फलगाइतका पटके सेन्टरका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?