नेपाल प्रहरीले  १८ लाख भन्दा बढी नक्कली नोटको रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ।

२०८० पुष २०, शुक्रबार १५:५०

रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट रौतहटकै गुजरा नगरपालिका ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाल पक्राउ परेका छन्। जयसवालको साथबाट १८ लाख ४३ हजार नक्कली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिइन्।

उनको साथबाट नक्कली नोटसँगै विभन्नि बैँकका पाँच ओटा एटीएम कार्ड, विभिन्न बैंकका तीन थान चेक, एक थान मोवाइल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

नक्कली नोटसहित पक्राउ परेका जयसवाललाई मुद्रासम्बन्धी कसुरअन्तर्गत आवश्यक थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?