जिल्ला प्रहरी कार्यालय बाराको पथलैया टोलीले   ७ हजार किलो चामल बरामद

२०८० पुष २९, आईतवार १२:०१

बिलमा परिमाण र मूल्य फरक पाइएको भन्दै बाराबाट ७ हजार किलो चामल बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाराको पथलैया टोलीले गरेको जाँचमा भ्याट बिल र अनलाइन (भिसिटिएस) बिलमा परिमाण र मूल्य फरक पाइएकोले चामलसहित मिनीट्रक पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
विशेष सूचनाको आधारमा प्रसौनीबाट चितवनतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क २२४१ नम्बरको मिनी ट्रकबाट ५ लाख ८८ हजार रुपैयाँ बराबरको चामल नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।पक्राउ गरिएका चामलसहित मिनि ट्रक आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?