प्रधानमन्त्री कपमा बागमतीको पहिलो जित

२०८० माघ २, मंगलवार १७:३४

२ माघ, काठमाडौं ।

स्पीनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शनमा मधेश प्रदेशविरुद्ध ८६ रनको जित निकाल्दै बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि १९१ रनको लक्ष्य पछ्याएको मधेशको ब्याटिङ ध्वस्त पार्न बागमतीका सूर्य निकै महत्वपूर्ण रहे ।  उनले ९ ओभर बलिङ गर्दै ३ मेडनका साथमा ह्याट्रिकसहित ६ विकेट लिएपछि मधेश २९ ओभरमा मात्र १०४ रनमा अल आउट भएको थियो ।

सूर्यले २९ औं ओभरको पहिलो बलमा रुपेश सिंहलाई २ रनमा बोल्ड गरे । दोस्रो बलमा राजेश यादवलाई विकेट किपर रबिन जोशीको हातबाट स्टम्पिङ्ग गराएका सूर्यले तेस्रो बलमा सांसद अन्सारीलाई प्रतिक श्रेष्ठको हातबाट क्याच आउट भएको थियो  ।

मधेशका पवन सराफले ४५ र मयन यादवले ३१ तथा निरज यादवले नट आउट १५ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोरो अंकमा रन नै बनाउन सकेनन् । सूर्यलाई बलिङमा राम्रो साथ दिँदै बागमतीका लागि प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?