बलिदानी दिवसको अवसरमा मधेशमा आज सार्वजनिक विदा 

२०८० माघ ५, शुक्रबार ०८:४२

जनकपुरधाम, माघ ५ गते । मधेश सरकारको आज बलिदानी दिवसको अवसरमा आज मधेश प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदा हुने भएको छ । मधेश सरकारको राजपत्रमा उल्लेखित २०८० सालको विदाको सूचिमा माघ ५ गते बलिदानी दिवसको रुपमा मनाउँदै आएकोमा आज शुक्रबार सार्वजनिक विदा दिईएको हो ।

प्रदेश सरकारको विदा भएपछि ८ वटै जिल्लाको सरकारी कामकाज एक दिनको लागि छुट्टी हुने भएको छ । आज मधेश प्रदेशमा सरकारी सँघसँस्थाहरु, कार्यालयहरु विदा रहने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?